
हरिवन, भदौ २७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।
झापाको काँकडभिट्टाबाट धनगढीतर्फ गईरहेको मे१ख २२०८ नम्बरको बसले ना३९प ३५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकल चालक हरिवन नगरपालिका–१ का १७ वर्षीय विशाल श्रेष्ठ, हरिवन–११ का अमिरजंग थापा र १९ वर्षीय विकास विश्वकर्माको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार श्रेष्ठ र थापाको उपचारका क्रममा हरिवनको नमुना अस्पतालमा र विश्वकर्माको उपचारका लागि हेटौंडातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्