Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेपाली र फ्रेन्च उद्यमी–व्यवसायीबीच छलफल


0
Shares

काठमाडौं, चैत २६ । नेपाली र फ्रेन्च उद्यमी–व्यवसायीबीच नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्नेगरी भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी–व्यवसायीहरूसँग व्यावसायिक भेटवार्तामा नेपाली उद्यमी–व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत् गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघमा मंगलबार भएको भेटवार्तामा भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ ओटा फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको महासंघले जनाएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसाबले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका थिए ।

महासंघका अध्यक्ष भवानी राणाले लगानीका लागि सबै क्षेत्रमा उत्तिकै सम्भावना रहेको र नीतिगत तथा कानुनी सुधार भएकाले यो लगानीका लागि सबैभन्दा उपयुक्त समय भएको बताइन् ।