२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मेची राजमार्ग अझै खुलेन्, स्याफ्रु-रसुवागढी सडकखण्ड अवरुद्ध


0
Shares

ताप्लेजुङ/रसुवा, भदौ २८ । पहिरोका कारण अबरुद्ध भएको मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

आइतबार परेको भीषण वर्षापछि गएको पहिरोले अबरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय इलामले सोमबार दिनभर प्रयास गरे पनि सफल हुन सकेको छैन ।

सडकमा ठूलाठूला ढुंगा झरेकाले पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए । सडक अबरुद्ध हुँदा सोमबार बिहानै सो सडक खण्डमा यातायात ठप्प भएका छन् ।

यसैबीच बर्षातका कारण अबरुद्ध पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रु–रसुवागढी सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

सोमबार बिहानदेखि अबरुद्ध भएको राजमार्गमा झरेको ठूलो चट्टान पन्छाउन नसक्दा सडक सुचारु हुन नसकेको हो ।

रसुवाको वृद्धिम गाविस–१ लिङलिङमा झरेको पहिरो पन्छाउनका लागि ब्लाष्टिङ गर्नुपर्ने रसुवाका सहायक प्रमखु जिल्ला अधिकारी दिपक केसीले जानकारी दिए ।

व्लाष्टिङका लागि गृह र रक्षा मन्त्रालयमा स्विकृतीका लागि पत्र पठाइसकेको र उताबाट निर्देशन आएपछि व्लाष्टिङ गरेर पहिरो पन्छाउने केसीको भनाइ छ ।