२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सवारी सुरक्षासम्बन्धी अन्तरक्रिया


0
Shares

बारा, भदौ २८ । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, पथलैया–बाराले सिमरामा सवारी आवागमनलाई व्यवस्थित एवं सुरक्षित बनाउन एकदिने अन्तरक्रिया आयोजना गरेको छ ।

नजिकिँदै गरेको चाडबाड र बढ्दो सवारी दुर्घटना न्यूनीकरणबारे गरिएको कार्यक्रममा ११ बुँदे निर्णयसमेत गरिएको छ ।

तोकिएको सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सडक इजाजतपत्र अनिवार्य हुनुपर्ने, लामो रुटमा चल्ने सवारीमा दुई चालक, निर्धारित् भाडादर सवारी–साधनमा टाँस्नुपर्ने, भार नियन्त्रणलगायतका ११ बुँदे निर्णयमा सहमति भएको हो ।

कार्यक्रममा मध्यमाञ्चलका १६ जिल्लाका सरोकार पक्षको सहभागिता रहेको थियो ।

सहभागीहरुले राज्यको यातायात क्षेत्रसम्बद्ध निकायको सुस्त शैली, अस्पस्ट कानुन र सडकको अवस्था जीर्ण हुँदा दुर्घटना बढेको बताएका थिए ।