
धनकुटा, भदौ २९ । वढ्दो सवारी दुर्घटनासँगै नजिकिँदै गएका चाडवाडलाई मध्यनजर गरी पूर्वको यातायात व्यवसायी संघले जिल्लाका ट्राफिक प्रहरीसँग मिलेर सवारी चालक तथा कर्मचारीलाई संयुक्त प्रशिक्षण दिने अभियान सुरु गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय धनकुटा, कोशी बस व्यवसायी संघ, पूर्वाञ्चल बस व्यवसायी संघ, सप्तकोशी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघ, पूर्व नेपाल बस व्यवसायी संघ र संयुक्त सिद्धार्थ माइक्रोबस सेवाले संयुक्त रुपमा सचेतना कार्यक्रम गरेका हुन् ।
सवारी दुर्घटना हुँदा मानवीय क्षतिका साथमा संघले घाइतेलाई समेत क्षतिपूर्ति दिनुपर्ने भएकाले सचेतनाका लागि प्रशिक्षण अभियान चलाइएको नेपाल यातायात राष्ट्रिय महासंघ कोशी अञ्चल सचिव मोहनमणी वरालले जानकारी दिए ।
हरेक महिना एक जिल्लामा सञ्चालन गरिने यो अभियान धनकुटापछि तेह्रथुम हुँदै पूर्वका १६ जिल्लामा गरिने व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्