२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दैलेखमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध


0
Shares

दैलेख, भदौ २९ । दैलेखको खड्कवाडास्थित अमृसेमा पहिरो जाँदा बुधबार कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेतदेखि कालिकोट, जुम्ला जाने कर्णाली राजमार्गमा पहिरोका कारण हजारौं यात्री अलपत्र परेका छन ।

पहिरो खुलाउनका लागि दैलेखबाट गएको डोजर बिग्रिएपछि अहिले सडक डिभिजन कार्यालय सुर्खेतबाट अर्को डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।