
कन्चनपुर, भदौ २९ । जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिर्वतनले उर्जासंकट निम्तने खतरा रहेको बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बुधबार महेन्द्रनगरमा गरेको जलवायु परिर्वतन तथा ज्ञान व्यवस्थापन सवलीकरण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री जोशीले यस्तो बताएका हुन् ।
उनले जलवायु परिर्वतनका कारण अतिवृष्टि, अनावृष्टिले माटोको तापक्रम बढ्दै जाँदा बालीमासमेत रोग लाग्दा कृषि क्षेत्रमासमेत यसले नराम्रो प्रभाव पारेको बताए ।
उनले वातावरण संरक्षणका लागि वातावरणमैत्री यातायात सन्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्