
नवलपरासी, भदौ २९ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलर बाँडेर धर्म परिवर्तन गराउनेहरुलाई लखेट्नुपर्ने बताएका छन् ।
विश्व हिन्दू महासंघले बुधबारदेखि नवलपरासीको बर्दघाटमा सुरु गरेको दुईदिने संयुक्त हिन्दू राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले ‘धर्म परिवर्तनको ‘मिसन’मा हिँड्नेहरुलाई घर–घरबाट निषेध गर्नुपर्छ’–भने ।
‘हिमालदेखि तराईसम्मका नेपालीको एकताकोरुपमा रहेको हिन्दू आस्थालाई कमजोर बनाउँदा नेपालको राष्ट्रिय एकता नै कमजोर बनेको’ उनको जिकिर थियो ।
नेपाललाई पुन ः हिन्दूराष्ट्र कायम गराउनका लागि विभिन्न दबाबमूलक कार्यक्रम घोषणा गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा स्वामी कृष्णदास, राष्ट्रिय धर्मशाला नेपालका अध्यक्ष एवं पूर्वबडागुरुज्यू माधवप्रसाद भट्टराईलगायतको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्