
काठमाडौं, भदौ २९ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरण प्रमुखमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
विद्युत् प्राधिकरणकै कर्मचारी घिसिङ चिलिमे हाइड्रोपावर कम्पनीको प्रबन्ध निर्देशक रहिसकेका व्यक्ति हुन् ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रमुख मुकेश काफ्लेले पदबाट राजीनामा दिएपछि घिसिङलाई ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्