Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


त्रिवेणी स्पेनिङ मिल्समा भएको आगलागीमा १६ करोड बराबरको क्षति


0
Shares

बारा । बाराको त्रिवेणी स्पेनिङ मिल्स्मा भएको आगलागीमा १६ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका छातापिपरास्थित सो उद्योगमा आइतबार राति आगलागी भएको थियो ।

उद्योगमा रहेको मोटरमा विद्युत् सर्ट भएका कारण सुरु भएको आगलागीलाई करिब साँढे चार घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीका कारण उद्योगको भौतिक संरचना, विभिन्न मेसिन तथा कच्चापदार्थ नष्ट भएको थियो ।

आगलागीबाट १४ करोड रुपैयाँ मूल्य बराबरको मेसिनरी, भौतिक संरचना र करोडौं रुपैयाँ बराबरको कच्चा पदार्थ जलेर पूर्ण रुपमा नष्ट भएको त्रिवेणी स्पेनिङ मिल्स् प्रालिका प्रशासकीय अधिकृत प्रेमकुमार सिंहले जानकारी दिए ।

आगो निभाउने क्रममा उद्योगमा कार्यरत निरजकुमार सिंह घाइते भएका थिए ।