Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


होटल संघको स्वर्णजयन्ती महोत्सव


0
Shares

काठमाडौं, भदौ ३० । होटल संघ नेपालले स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको अवसरमा आगामी असोज १४ देखि १६ गतेसम्म काठमाडौंमा स्वर्णजयन्ती महोत्सव मनाउने भएको छ ।

उक्त महोत्सवमा देशी, विदेशी करिब ५०० सरोकारवालाको सहभागिता रहने संघले जनाएको छ ।

उक्त कार्यक्रममा विगत ५० वर्षमा होटल उद्योगको विकास झल्काउन राष्ट्रिय होटल एक्स्पोको आयोजना गर्नेलगायत हिमाल, पहाड, तराई, उपत्यकका साथै अन्तर्राष्ट्रिय प्रचलित मल्टी कुजिन खानाहरु समावेश गरी खाना महोत्सव पनि आयोजना गरिने संघले जनाएको छ ।

आगामी १० वर्षमा होटल उद्योगलाई सक्षम र मजबुत् बनाइ देशको समग्र पर्यटन उद्योग र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन संघले आफ्नो स्वर्णजयन्तीको अवसरमा विभिन्न योजना तथा कार्यक्रमहरु पनि अगाडि बढाउने जनाएको छ ।