२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


विदेश जान लागेका नेपालीलाई लक्षित गर्दै विदेशी सिमकार्ड नेपालमै बिक्री


0
Shares

काठमाडौं, भदौ ३१ । कामका लागि विदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ ।

गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि पिसिओबाट हैन, आफ्नै मोबाइलबाट ।

श्रम स्वीकृति र भिसा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ । अरू कम्पनीले पनि चाडै सुरू गर्दैछन् । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् ।

‘नेपालमा विदेशी सिम कार्ड ल्याएर बिक्री गर्न सात कम्पनीले अनुमति पाएका छन्,’ नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘तर सबैले सेवा सुरू गरिसकेका छैनन् ।’

सातै कम्पनीले विदेशी कम्पनीका सिमकार्ड नेपालमा ल्याएर बिक्री गर्न पाउनेछन् । तर उनीहरुले नेपालमा एक्टिभ हुने र रोमिङ सुविधा भएका सिमकार्ड बेच्न पाउँदैनन् । प्राधिकरणले यी कम्पनीलाई ९ बुँदे सर्तसहितको अनुमतिपत्र दिएको छ । –कान्तिपुर दैनिकबाट