२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘सर्वाङ्गीण विकासका लागि विज्ञानको प्रयोग अपरिहार्य’


0
Shares

काठमाडौं, असोज १ । ‘विज्ञान प्रविधि र आविष्कार समृद्धिको आधार’ भन्ने नाराकासाथ शनिबार देशभर चौंथो राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्‍यो ।

मन्त्रालयले मुलुकमा विज्ञानको विकासका लागि नीतिगत सुधारका कार्यक्रम भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयले विज्ञानको विकासले मानवीय जीवन सहज बन्दै गएको भन्दै नीतिगत सुधारका कार्यक्रम अघि बढाउने जानकारी दियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका उपकुलपति डा. जीवराज पोखरेलले सर्वाङ्गीण विकासका लागि विज्ञानको प्रयोग अपरिहार्य रहेको बताए ।

उनले कृषि र औद्योगिक विकासका लागि विज्ञानको अधिकतम् प्रयोग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले बुद्धिजीवी एवं वैज्ञानिकहरुलाई सरकारले उचित अवसर नदिँदा उनीहरु विदेशीन र पलायन हुन बाध्य भएको गुनासो गरेका थिए ।

दिवसको अवसरमा विज्ञान क्षेत्रमा कलम चलाउने सन्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।