७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


चीरशान्तिका लागि श्रीमद्भागवत कथावाचन


0
Shares

काठमाडौं, असोज १ । सोह्रश्राद्धको अवसरमा विश्वशान्ति अभियान नेपालले शनिबारदेखि ललितपुरको सुन्दरीघाटमा १६ दिनसम्म पितृको सम्झनामा यज्ञ गर्नुकासाथै विनाशकारी भूकम्पबाट मृत्यु हुनेहरुको आत्माको चीरशान्तिका लागि श्रीमद्भागवत कथावाचन सुरु गरेको छ ।

शनिबारबाटै ७५ ओटै जिल्लाहरुका शाखामार्फत् १६ दिनसम्मै यो अभियान सन्चालन गरिने विश्वशान्ति अभियान नेपालले जनाएको छ ।

कथावाचक मुरलीधर पोखरेलले भागवत कथावाचन सुरु गरेका हुन् ।

कथावाचन कार्यक्रममा भक्तसंगीत, नाचगानको आयोजना गर्नुका साथै झाँकीसहित कलशयात्रा निकालिएको थियो ।