Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


‘ड्रागन’को थान्का र ह्यान्डीक्राफ्टमा विशेष छुट


0
Shares

काठमाडौं, चैत २५ । ‘ड्रागन’ इन्भेस्टमेन्ट प्रालिले थान्का र ह्यान्डीक्राफ्टमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

नेपाली थान्का र ह्यान्डीक्राफ्टको बिक्री तथा निर्यात गर्दै आएको सो कम्पनीले नयाँवर्षका अवसरमा छुट योजना ल्याएको हो ।

कम्पनीले ‘ग्रान्ड सेल’ योजनाअन्तर्गत् हरेक थान्का र ह्यान्डीक्राफ्ट बिक्रीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

यो योजना ठमेलस्थित छाया सेन्टरमा रहेको कम्पनीको शोरुममामात्र लागू हुनेछ ।

सोमबार छाया सेन्टरमा आफ्नो नयाँ शोरुमको उद्घाटनसँगै कम्पनीले एक साताका लागि छुट योजना सार्वजनिक गरेको हो ।