
प्रकाश मैनाली
सर्लाही, असार २५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि चुलिएको छ । पार्टीका केन्द्रीय नेताहरुको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजपा नेपाल सर्लाहीका जिल्ला अध्यक्ष नागेश्वर साहले राजीनामा दिएका छन् ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै साहले पद्बाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले पार्टीका शीर्ष नेता र जिल्लाबाट चुनिएका प्रदेश सभा सदस्यहरुले गुटबन्दी गरेर अध्यक्षलाई निरीह बनाएको गुनासोसमेत गरे ।
नाममात्रैको पदीय जिम्मेवारी लिइ बस्न उचित नठानेर आफूले राजीनामा दिएको साहले बताए । उनले गुट–उपगुटका कारण पार्टी एकता पनि नाममात्रैको जस्तो देखिएको बताएका छन् ।
नेताहरु बीचकै असन्तुष्टिका कारण राजपा नेपाल सर्लाहीको नियमित बैठकसमेत बस्न सकेको छैन । एक वर्षअघि तराई केन्द्रित ६ वटा पार्टी मिलेर राजपा नेपाल गठन गरिएको थियो । ती पार्टीका शीर्ष नेताहरुले पालैपालो जिल्ला अध्यक्ष बनेर नेतृत्व सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्