Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अर्थ मन्त्रालयमा दोस्रो चौमासिक प्रगति समीक्षा


0
Shares

काठमाडौं, चैत २४ । अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तरप्रदेश परिषद एवं अन्तरसरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न र आगामी आर्थिक बर्षको बजेट तर्जुमामा वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री खतिवडाले संशोधन गर्नुपर्ने बाँकी कानूनहरुको शीघ्र तर्जुमा गर्न, राजस्व परिचालनमा बिलिङ्ग कार्यान्वयन र बजार अनुगमनलाई थप तिव्रता दिन पनि निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा अर्थ मन्त्रालय र मातहतका निकायहरुबाट सम्पादन हुने कार्यहरुलाई यथाशीघ्र सम्पन्न गर्न मन्त्री खतिवडाले निर्देशन दिएको जनाइएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्प कँडेल र नेपाल राप्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको समेत उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।