Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सम्झौता भाँड्ने षड्यन्त्र भएको भन्दै तरकारी व्यवसायी आन्दोलित


0
Shares

काठमाडौं, चैत २४ । काठमाडौंको ईच्छुमतीका तरकारी व्यवसायी आन्दोलित भएका छन् । दीर्घकालिन आधुनिक कृषि बजारका लागि भएको २५ वर्षे सम्झौता भाँड्ने षड्यन्त्र भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

तरकारी व्यवसायीले हात र टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । विचौलियारहित बजार विकास गर्न र बजारलाई पुनः ठेकेदारीकरण हुनबाट रोक्नका लागि आन्दोलन सुरु गरिएको ईच्छुमती तरकारी व्यवसायी संघर्ष समितिले जनाएको छ ।

व्यवसायीहरुले ढुक्क र शान्तसँग बजार सञ्चालन गर्न दिन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीय उपभोक्तालाई स्वच्छ र ताजा तरकारीको सर्वसुलभ उपभोग गर्न पाउने अधिकारबाट वञ्चित नपार्न व्यवसायीहरुले माग गरेका छन् ।