२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


फलामेटारमा पहिलो पटक बस पुग्दा हर्षबढाईं र भोजभत्तेर(हेर्नुहोस भिडियो)


0
Shares

-कविराज घिमिरे/ईमेज

धनकुटा । गाउँमै सार्वजनिक बस चल्न थालेपछि धनकुटाको चौबिसेका बासिन्दाले हर्षबढाईं गरेका छन् ।

उनीहरुले बाजागाजा, नाचगान र भोजभतेरसहित खुसीयाली मनाएका छन् ।

जिल्लाकै दुर्गम स्थान चौबिसे गाउँपालिकास्थित फलामेटारमा पहिलो पटक बस सञ्चालन भएपछि स्थानीयले बाजागाजा, नाचगान र भोजभतेरसहित खुसीयाली मनाएका हुन् ।

बसको स्वागत गर्न सयौं गाउँले फलामेटारमा भेला भएका थिए । स्थानीयले बस र बस चालकलाई फूल माला र अबिरले स्वागत गरेका थिए ।

मूलघाटदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म ट्रयाक खनिएको तमोर करिडोरको सडकको मूलघाट-फलामेटार खण्डमा पहिलो पटक बस संचालनमा आएको हो ।

करिब ७ अर्ब रुपैयाँको लागतमा निर्माण हुने तमोर करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो ।

सिमान्तकृत माझी जातिको बसोबास रहेको भैंसे क्षेत्रसम्म बस संचालन गर्न सडक व्यवस्थापन कार्य भइरहेको प्रदेश सांसद निरन राईले जानकारी दिए ।