
उदयपुर । उदयपुरको मालपोत कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।
सेवाग्राहीले एउटै कामका लागि घण्टौं कुर्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन् ।
अनलाइन सेवा सुरु गरेको उदयपुर मालपोत कार्यालयमा जडान गरिएका प्रविधिले राम्रोसँग काम नगर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको हो ।
कम्प्युटर शाखामा सवैभन्दा बढी सास्ती खेप्नु परेको गुनासो सेवाग्राहीको छ । रजिस्ट्रेसन मोठले काम नगर्दा १/२ घण्टामा हुने कामलाई २ दिनसम्म लाग्ने गरेको छ ।
उता मालपोत कार्यालयले भने स्थानीय तहका गाउँ तथा नगरपालिकाले आवश्यक कागजात प्रक्रिया नपु¥याउँदा सेवा लिनेले दुःख पाएकोे जनाएको छ ।
तर सेवाग्राहीले भने कम्प्युटर शाखामा फोटो खिचाउने, रजिस्ट्रेसन फाँट, राजस्व लिने, दाखिल खारेज गर्ने, पुर्जा प्रमाणित गराउनेलगायतका काम अत्यन्त झन्झटिलो भएको गुनासो गरेका छन् ।
लेखापढी व्यवसायी नलाउने हो भने झन् सास्ति भोग्नु परेको उनीहरुको भनाइ छ ।
मालपोत कार्यालय उदयपुरका प्रमुख नवराज खड्काले सर्वर डाउन हुने, इन्टरनेटले काम नगर्ने, लिखत तथा अनलाइन दुवैबाट काम गर्नुपर्ने भएकाले केही ढिलाइ भइरहेको बताए ।
कार्यालयमा देखिएका समस्या समाधानको प्रयास भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्