
बैतडी । चट्याङ लागेर बैतडीमा दुई जना घाइते भएका छन् ।
दशरथचन्द नगरपालिका–२ देहीमाडौंका १९ वर्षिया तुलसी रावत र २० बर्षीया ममता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए ।
शनिबार साँझ घरभित्रै बसेका बेला चट्याङ परेर उनीहरु घाईते भएका हुन् । घाईते दुवैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्