Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्रीलाई चुरेभावरले बुझायो ज्ञापनपत्र


0
Shares

काठमाडौं, असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुरेभावर पार्टीले मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

सो पार्टीका अध्यक्ष बद्री न्यौपानेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटी ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आफूले ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘देश समस्यामा छ, संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक समृद्धि जस्ता कार्यभार हाम्रा सामू छन् । देशका ज्वलन्त समस्यालाई गम्भीरता रुपमा लिएको छु, यसमा तपाईहरुको पनि साथ चाहिन्छ ।’

प्रधानमन्त्री दाहालले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन आफू प्रतिवद्ध रहेको बताउँदै बाहिरी हल्लाका आधारमा धारणा नबनाउन पनि आग्रह गरेका थिए ।

भेटमा चुरे भावर पार्टीका नेताहरुले संविधान संशोधनमा सबैको भावना ख्याल गर्न, चुरे भावर प्रदेशको व्यवस्था गर्न, २०६४ मा आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

Skip This