Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


तीन दलको सहमतिले चैतमा चुनाव गर्न ढोका खुल्यो : मन्त्री लेखक


0
Shares

पोखरा, असोज ११ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तीन दलको सहमतिले चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको दाबी गरेका छन् ।

मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले प्रमुख तीन दलबीचकै सहमतिले स्थानीय तहलाई ९ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने सहमतिपछि निर्वाचनका कार्यक्रम अघि बढ्ने बताए ।

मन्त्री लेखकले अब चैत महिनामा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने मानसिकता लिएर तयार रहन कांग्रेस कार्यकर्तालाई निर्देशन पनि दिए ।

Skip This