Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


दलहरुबीचको मतभेद संविधान संशोधन गरे समाधान हुन्छ: मन्त्री यादव


0
Shares

वीरगन्ज, असोज १३ । शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादवले संविधानका विषयमा दलहरुबीच देखिएको मतभेद संविधान संशोधन गरी समाधान गर्नुपर्ने बताएकी छन् ।

बडा दसैं, तिहार र छठ पर्वका अवसरमा नेपाली कांग्रेस वीरगन्ज नगर समितिले गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले राजनीतिक समस्या समाधान गरी मुलुकलाई निकास दिन सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले मुलुकमा दिगो शान्ति कायम गर्न संविधानमा सबैका समान अधिकार स्थापित गर्नुपर्ने स्पष्ट पारिन् ।

विभेदरहित समाज निर्माणमा सबै राजनीतिक दलको साझा प्रयास आवश्यक रहेको भन्दै उनले मुलुकलाई समृद्ध बनाउन एकजुट हुनुको विकल्प नभएको बताइन् ।