विराटनगर, असोज १३ । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले संविधानको कार्यान्वयनमा लागि सबै दलहरुबीच सहकार्य आवश्यक भएको बताएका छन् ।
आज विराटनगरमा प्रेस युनियन मोरङले गरेको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले दलहरुबीच दुरी बढ्दै गए संविधान कार्यान्वयन गर्न कठिन हुने बताए ।
संविधान जारी गर्दा एक भएका दलहरु संविधान कार्यान्वयनका लागि पनि एकजुट हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा यसवर्षको रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार पत्रकार अजित तिवारीलाई प्रदान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्