Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राष्ट्रिय हितविपरीत हुने गरी कसैसँग कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय हितविपरीत हुने गरी कसैसँग कुनैपनि प्रकारको सम्झौता नगर्ने बताएका छन् ।

विहीबार राजधानीमा नेकपा माओवादीनिकटका पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको महाधिवेशन उद्घाटन गर्दै उनले ‘राष्ट्रिय हितविपरीत काम गर्छ कि भनि कसैले आफूप्रति शंका गर्नु जरुरी नभएको’ बताए ।

प्रधानमन्त्री दाहालले अहिलको मुख्य चुनौती संविधान कार्यान्वयन भएको भन्दै सहयोगका लागि सन्चारजगत्लाई आग्रह गरे ।

उनले श्रमजीवी पत्रकार एने कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।