Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत


0
Shares

                                                   फाइल फोटो

काठमाडौं, असोज १३ । व्यवस्थापिका–संसदको विहीबारको बैठकले व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम २५९ बमोजिम उक्त नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, १२० र १२७ को उपनियम (१), नियम १४२ र १५६ को उपनियम (१) निलम्बन गरेको छ ।

बैठकले बहुमतले निलम्बनको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक परशुराम तामाङको समर्थनमा नेकपा माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेतले निलम्बनको प्रस्ताव सदनसमक्ष प्रस्तुत् गरेका थिए ।

प्रस्ताव प्रस्तुत् गर्दै सांसद बस्नेतले आर्थिक वर्ष २०७३/७४ को बजेट लागू गर्न आवश्यक पर्ने अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि आर्थिक विधेयक २०७३, ऋण तथा जमानत (२१औं संशोधन) विधेयक–२०७३ र राष्ट्र ऋण उठाउने विधेयक–२०७३, पारित गर्न नियम निलम्बनको प्रस्ताव गर्नुपरेको बताए ।

व्यवस्थापिका–संसदको साउन ७ गतेको बैठकले ती विधेयक अस्वीकार गरेको थियो ।

सांसद राजेन्द्र पाण्डेले प्रस्तावको विरोध गर्दै नेकपा एमालेले त्यसको विपक्षमा मतदान गर्ने बताए ।

व्यवस्थापिका–संसदको बैठक आधाघन्टाका लागि स्थगन भएको छ । रासस