Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रदेश ५ सरकारले हावाहुरी प्रभावितलाई एक करोड रुपैंयाँ दिने


0
Shares

बुटवल । प्रदेश ५ सरकारले  बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले हावाहुरी प्रभावितको सहयोगका लागि प्र्रदेश २ सरकारको खातामा रकम पठाउने निर्णय गरेको हो ।

त्यस्तै प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।  बैठकले  प्रदेश ५ को आवधिक योजनाको आधारपत्र समेत स्वीकृत गरेको छ ।