२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


टुंडिखेलमा घोडेजात्राको रौनकः तस्विरमा हेरौं नेपाली सेनाको अश्वकला


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइएको छ ।

प्रत्येक वर्ष चैत कृष्ण औंशीका दिन यो पर्व मनाउने गरिन्छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

घोडेजात्राकै अवसरमा नेपाली सेनाले आज टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

त्यसक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गरेका छन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा  ओलीसहित संवैधानिक अंगका प्रमुख, विशिष्ट पदाधिकारी र विदेशी कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगिहरुलाई पुरस्कार पनि प्रदान गरिन ।

परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।