Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


मुस्ताङमा एक व्यक्तिमा कोरोना


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार ६ । मुस्ताङमा एकजना व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले एक व्यक्तिमा कोरोना ‘पोजिटिभ’ देखिएको शनिबार राति जानकारी दिएको हो ।

प्रयोगशालाले सम्बन्धित जिल्लालाई जानकारी गराएको बताएपनि जिल्लाले यसबारे सार्वजनिक गरेको छैन ।

योसँगै गण्डकी प्रदेशका ११ ओटै जिल्ला कोरोनाबाट प्रभावित भएका छन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४३९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किइसकेका छन् ।

संक्रमितमध्ये एकजनाको यसअघि नै मृत्यु भइसकेको छ । स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुषको जेठ २५ गते उपचारकाक्रममा पोखरामा मृत्यु भएको थियो ।