Logo १३ भाद्र २०८३, शनिबार | Sun Aug 30 2026


१० लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत समातिए


0
Shares

काठमाडौं, असोज १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौंका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित सोमबार पक्राउ गरेको छ ।

आयोगको विशेष टोलीले कानुनबमोजिम प्रक्रिया पूरा भइ दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा सोमबार अभियुक्त लामिछानेलाई बिजुलीबजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो ।

घुस रकम पुर्‍याउने शिक्षक अनिल पौडेललाईसमेत पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

यस्तै, आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई रु १२ लाख २५ हजार घुससहित पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका वडा नम्बर–६ का स्वबासीको जग्गा दर्ताकाक्रममा प्रतिधुर रु १० हजारका दरले घुस लिँदालिँदै उनलाई थलामा नै पक्राउ गरिएको हो ।

अभियुक्त नासु रायले घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आइतबार मलंगवा–१० बाट पक्राउ गरेको सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस