Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ढुवानी खर्चसमेत नउठ्ने भएपछि तरकारीमा ट्याक्टर


0
Shares

बारा, चैत २२ । लागतअनुसारको बिक्री मूल्य नपाएपछि बाराको निजगढका किसानले तरकारी खेती नै नस्ट गर्न थालेका छन् ।

उत्पादित तरकारीको मूल्य घटेर बजारसम्म पुर्‍याउन ढुवानी खर्चसमेत नउठ्ने भएपछि पछिल्लो समयमा किसानहरु तरकारी खेती नै नस्ट गर्ने अवस्थामा पुगेका हुन् ।

निजगढ नगरपालिका–९, शान्तिटोलका किसान चन्द्रप्रसाद बिडारीले खेतमा रोपेको बन्दाकोभीमा ट्याक्टरले जोतेर नस्ट गरेका छन् ।

१५ कट्ठामध्ये तीन कट्ठाको बन्दाकोभी बिक्री गर्न उनलाई निक्कै हम्मे–हम्मे प¥यो । बाँकी १२ कट्ठामा लगाएको तरकारी उनले ट्याक्टरले जोतेर नस्ट गरेका छन् ।

भारतीय तरकारीको बढ्दो आयातले नेपाली तरकारीले बजार भाउ नपाउँदा तरकारी नस्ट गर्नुपरेको गुनासो बिडारीको छ ।

तरकारी खेती गर्ने जिल्लाका सयौं किसानको समस्या पनि यस्तै रहेको उनी बताउँछन् ।

सरकारले किसानले उत्पादन गरेको तरकारीलगायत अन्य खाद्यान्यको सहज बजारसँगै उचित मूल्य निर्धारण गर्न नसकेको किसानहरुको गुनासो छ ।

बाराको सिम्रौनगढ, बारागढीलगायतका ६ स्थानीय तहमा अधिकांश किसानले तरकारी खेती गर्दै आएका छन् ।