२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


मौसम बदली, मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना


0
Shares

काठमाडौं, चैत २२ । शुक्रबार बिहान काठमाडौंसहित देशको पश्चिमी भागमा हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशको पश्चिमी भाग हुँदै काठमाडौंमा वर्षा भइरहेको हो ।

शुक्रबार बिहान काठमाडौंमा अझै केहीबेर वर्षा हुने र यो विस्तारै पूर्वतिर सर्दै जाने महाशाखाले जनाएको छ ।

महाशाखाले देशका अधिकांश भू–भागमा शुक्रबार र शनिबार मौसम बदली हुने उल्लेख गरेको छ । यो प्रि–मनसुन हो ।

महाशाखाकाअनुसार शुक्रबार दिउँसो देशभरका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पूर्वी तथा मध्य भू–भागका केही स्थान र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, तराईका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना छ ।

शुक्रबारै दिउँसो उच्च हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

शुक्रबार राति देशको पूर्वी, मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ ।

शुक्रबार राति देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थान र पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, पूर्व र मध्य तराईका सिमानामा हल्का हावाहुरी चल्ने सम्भावना रहेको र उच्च हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको विज्ञप्ति

जारी मिति : चैत्र २२ गते (शुक्रबार) , बिहान  ६:०० बजे 

चैत्र २२ गते (शुक्रबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। तराइका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ।  उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा  हल्का  हिमपातको  संभावना देखिन्छ।

राति: देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा,  पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ।। पुर्व र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  साथै उच्च हिमाली  भू-भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको  पनि संभावना देखिन्छ। 

चैत्र २३  गते (शनिबार):

दिउँसोः देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण  बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनका साथ हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  र उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको संभावना देखिन्छ। 

राति: देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ र तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ । उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

चैत्र २४  गते (आइतबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी  भु-भागका १-२  स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पशचिमि पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ पनि छ।  

राति:  देशको अधिकांस भूभागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका १-२ स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ ।