Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


धितोपत्र बोर्ड ‘ओइसीडी आइएनएफइ’को पूर्णकालीन सदस्य


0
Shares

काठमाडौं, चैत २१ । नेपाल धितोपत्र बोर्ड ‘ओइसीडी’अन्तर्गत्को इन्टरनेसनल नेटवर्क अफ फाइनान्सियल एजुकेसन (ओइसीडी आइएनएफइ)को पूर्णकालीन सदस्य भएको छ ।

जनवरी १, २०१९ बाट लागू हुनेगरी बोर्डले नेपालको तर्फबाट उक्त संस्थाको पूर्ण सदस्यता प्राप्त गरेको हो ।

यससँगै ओइसीडी आइएनएफइको पूर्ण सदस्यता प्राप्त गर्नेमा बोर्ड नेपालको पहिलो निकाय बनेको बोर्डले जनाइएको छ ।

यसबाट पछिल्लो समय वित्तीय क्षेत्रमा विकास भएका नवीनतम् ज्ञान तथा प्रविधिको जानकारी भइ देशमा वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रमलाई समन्वयात्मक तथा स्तरीयरुपमा सन्चालन गर्न उपयुक्त वातावरण तयार हुन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।

ओइसीडीले सन् २००८ मा वित्तीय साक्षरताको कार्यक्रमका लागि आइएनएफइको स्थापना गरेको थियो । हाल यस संस्थामा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्य रहेको जनाइएको छ ।

उक्त संस्थामा सदस्यता प्राप्त गरेसँगै बोर्डले आगामी जुलाई २ र ३ अर्थात् असार १७ र १८ गते दुई दिन अन्तर्राष्ट्रियस्तरको वित्तीय साक्षरता सम्मेलन आयोजना गर्ने पनि बोर्डले जनाएको छ ।

सम्मेलनमा दक्षिण एसियाली मुलुकसहित विश्वका अन्य विभिन्न मुलुकका करिब १०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

Skip This