Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी वैशाखमा


0
Shares

काठमाडौं, चैत २१ । राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६ आउँदो वैशाख अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ वैशाख २६ देखि ३० गतेसम्म भृकुटीमन्डप, काठमाडौंमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को आयोजना गरिन लागेको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराइयो ।

‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगीकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना गरिन लागेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए ।

प्रदर्शनीमा करिब २०० लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने र यीमध्ये ७७ जिल्लाबाट प्रतिजिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको जनाइएको छ ।

प्रदर्शनी अवधिमा एक लाख ५० हजारले अवलोकन गर्ने र पाँच करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Skip This