
काठमाडौं, चैत २१ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।
बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले चार हजार २२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेलले तीन हजार ८७३ मत प्राप्त गरे ।
महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । प्रगतिशील समूहका सुरेन्द्र थापामगरलाई पराजित गर्दै पौडेल महासचिवमा निर्वाचित भएका हुन् ।
पौडेलले चार हजार १७८ मत प्राप्त गरे । पराजित थापामगरले तीन हजार ७०१ मत पाए ।
पदाधिकारीतर्फ पनि प्रगतिशीलको बहुमत रहेको छ ।
नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकासहित देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक/एक गरी ८ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्