२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


‘समुदाय–ट्राफिक प्रहरीको समन्वयले काठमाडौंको स्वरुप परिवर्तन गर्न सकिन्छ’


0
Shares

काठमाडौं, चैत २१ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त र व्यवस्थित बनाउन समुदाय र ट्राफिक प्रहरीको समन्वयमा तयार गरिएको कार्ययोजनाको शुभारम्भ गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीलाई कार्ययोजनाअनुरुप कार्यसन्चालन गर्न निर्देशनसमेत दिए ।

उनले समुदाय र ट्राफिक प्रहरीको समन्वयले काठमाडौंको स्वरुप परिवर्तन गर्न सकिने भन्दै अब हरेक दिन सशक्त ढंगले व्यवस्थापनका लागि खट्ने प्रतिबद्धता व्यक्त गरे ।

महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना हाल तीन महिनाका लागि सन्चालनमा ल्याइने र समय–सापेक्षरुपमा यसलाई निरन्तरता दिइने जानकारीसमेत दिए ।

कार्ययोजनामा लेन तथा जेब्राक्रसिङको व्यवस्थापन, वाग्मती करिडोरमा ‘अन्डरपास’ खोल्ने, फुटपाथ अतिक्रमण रोक्नेलगायतका ९ विषय उल्लेख छन् ।