काठमाडौं, असोज २१ । शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनतर्फ दलहरु गम्भीर नभएको बताएका छन् ।
राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले राजधानीमा गरेको कार्यक्रममा मन्त्री केसीले कुनैपनि आग्रह पूर्वाग्रहभन्दा माथि उठेर संविधान कार्यान्वयन गर्न सबै दल इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयनको समयावधि छोटिँदै गइरहेको बताउदै मन्त्री केसीले संविधान कार्यान्वयनमा ढिलाई भए राष्ट्रिय संकट उत्पन्न हुनसक्ने आशंका व्यक्त गरे ।
मन्त्री केसीले राष्ट्र सेवाप्रति निश्पक्ष र पारदर्शी भएर लाग्न सबै राष्ट्रसेवकहरुलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्र सेवक कर्मचारी समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले नेपालको प्रशासन संयन्त्रले जनताको हितलाई ध्यान दिएर काम गर्न नसके समग्र कर्मचारी प्रशासनप्रति नै वितृष्णा बढ्ने औंल्याए ।
यसैगरी विभिन्न पार्टीका सांसदहरुले स्थायी सरकार मानिने कर्मचारी प्रशासनसँग आम जनताको ठूलो अपेक्षा रहेको भन्दै सेवाग्राहीको हितमा काम गर्न आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्