Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


विदेशीलाई खुसी बनाउन संविधान संशोधन गर्न सकिँदैन : पोखरेल


0
Shares

                                                       फाइल फोटो

काठमाडौं, असोज २१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको औचित्य नरहेको बताएका छन् ।

टोखा केव मिनी फनपार्कद्वारा दसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा शुक्रबार आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले ‘नेपाली जनताको लामो संघर्षबाट संविधानसभाले जारी गरेको संविधान विदेशीलाई खुसी बनाउन संशोधन गर्न नसकिने’ बताए ।

समयसापेक्ष देश र जनताको चाहनामा संविधान परिवर्तन हुने बताउँदै नेता पोखरेलले भने–‘देशमा विद्यमान समस्या समाधानका लागि सबै दलको सहकार्य र समन्वयमा चुनाव चाँडो गर्नुपर्छ ।’

कार्यक्रममा सांसद मीरा ध्वजुले काठमाडौंबाट नजिकै रहेर पनि पौराणिकस्थल टोखाको पूर्वाधार तथा विकास निर्माण तीव्रगतिमा हुन नसकेकामा चिन्ता व्यक्त गरिन् ।

कार्यक्रम आयोजक संस्थाका संयोजक मनिराज डंगोलले सबै जाति र समुदायका संस्कृतिलाई सबैलै स्वीकारेमा सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे । रासस

Skip This