फाइल फोटो
काठमाडौं, असोज २१ । पूर्वराजा ज्ञानेन्द्र शाहले शक्ति सन्तुलनको आधारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।
बडादसैंको अवसरमा शुक्रबार साँझ शुभकामना दिँदै पूर्वराजा शाहले ‘राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मूलमन्त्र हो’–भनेका छन् ।
पूर्वराजा शाहले नेपाल र नेपालीको अस्तित्व, गौरव गाथा र स्वाभिमान रक्षाका लागि सबै एक हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
पूर्वराजा शाहले शुभकामना सन्देश दिनेक्रममा ‘बितेका १० वर्षमा राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव बलियो भयो त ?’ भन्ने प्रश्न उठाउँदै ‘यसबीचमा नेपाली जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तनसमेत हुन नसकेको’मा पनि प्रश्न उठाएका छन् ।
त्यस्तै, देशमा भ्रष्टाचार, दन्डहीनता, ढिलासुस्ती बढेको, शासन प्रशासन जनमुखी हुन नसकेको र विकास निर्माण तथा उद्योग–व्यवसायसमेत फस्टाउन नसकेको विषय पनि सन्देशमा उठाएका छन् ।
त्यसैगरी, पूर्वराजाले ‘घर–परिवार छाडेर पराइ भूमिमा रगत–पसिना बगाउनुपर्ने अवस्थाबाट नेपाली युवालाई किन मुक्त गर्न सकिएन ?’ भन्ने प्रश्न पनि उठाएका छन् ।









प्रतिक्रिया दिनुहोस्