Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सुर्योदय नगर भित्रका पर्यटकीय स्थलहरु सुविधासम्पन्न बन्दै


0
Shares

इलाम । इलामको सूर्योदय नगरपालिकालाई थप सुविधासम्पन्न बनाउने योजना अघि बढेको छ ।

हालैमात्र पर्यटकीय नगरी घोषणा भएको इलामको सूर्योदय नगरपालिकालाई पर्यटनको माध्यमबाट समृद्ध बनाउने लक्षका साथ काम अगाडि वढाउन थालिएको हो ।

इलाम आउने पर्यटकलाई पहिलो बिसौनीको रुपमा रहेको सूर्योदयमै लामो समय रमाएर बसाउने योजनासहित नगरपालिकाले काम गरिरहेको नगर प्रमुख रणबहादुर राईले बताए ।

अहिले नगरपालिकाको श्रीअन्तु र कन्याममा सौन्दर्यीकरणको काम भइरहेको छ ।

अन्तुमा सूर्योदयको दृष्य हेर्न आउने पर्यटकको सुविधाका लागि उज्यालो र पानीको आवश्यकता रहेको स्थानीयको भनाइ छ ।

यता मेयर राईले विजुली, पानीसहितका सम्पूर्ण काम दुई वर्षमा सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।

पिकनिक स्थलको रुपमा रहेको कन्याममा नगरपालिकाले रात्री पर्यटन स्थल, सबै मौसमका लागि सुरक्षित पदमार्ग निर्माण, साइक्लिङ मार्गसमेत निर्माण गर्ने योजना बनाएको छ ।