१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र छुट्टा–छुट्टै शक्तिपीठमा पुग्दा जे देखियो (भिडियोसहित)


0
Shares

काठमाडौं, असोज २४ । महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंका विभिन्न १० ओटा शक्तिपीठको दर्शन तथा पूजाआजा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नक्साल भगवतीबाट शक्तिपीठहरुको दर्शन सुरु गरेकी थिइन् ।

नक्साल भगवतीको दर्शन गरी उनले गुह्ेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, शोभाभगवती, विजेश्वरी र इन्द्रायणीको दर्शन तथा पूजाआजा गरिन् ।

राष्ट्रपति शक्तिपीठको दर्शन गर्न निस्कँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

मुलुकमा गणतन्त्र स्थापना हुनुअघि तत्कालीन राजाले राष्ट्रप्रमुखको हैसियतले विभिन्न शक्तिपीठको दर्शन तथा पूजा–आराधना गर्ने चलन रहेको भएपनि गणतन्त्र स्थापनापछि राष्ट्रपतिले शक्तिपीठको दर्शन तथा पूजाआजा गर्ने प्रचलन छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पनि शक्तिपीठमा
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि महाअष्टमीको अवसरमा आइतबार काठमाडौंका विभिन्न शक्तिपीठको दर्शन गरेका छन् ।

आइतबार साँझ उनले नक्साल भगवती, गुह्ेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी, रक्तकाली, शोभाभगवती, विजेश्वरी र इन्द्रायणीको दर्शन गरे ।

पूर्वराजा शाह आफ्ना नाती हृदयेन्द्रलाई साथमै लिएर शक्तिपीठको दर्शन गर्न पुगेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शक्तिपीठहरुमा पुग्दा राजावादीहरुले उनको समर्थनमा नाराबाजी गरेका थिए ।