Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


माओवादी केन्द्रको राष्ट्रिय भेला मंसिर २ गतेका लागि सारियो


0
Shares

काठमाडौं, असोज २८ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेलाको मिति सारेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा लाजिम्पाटमा शुक्रबार बसेको कार्यालयको बैठकले कात्तिक १० र ११ गते राजधानीमा गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसिर २ गतेलाई सार्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मधेसी, थारु, जनजातिलगायतका शक्तिसँग छलफल र वार्ता गर्नुपर्ने कामको चापलाई मध्यनजर गर्दै भेला सारिएको जानकारी दिइन् ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले शनिबारबाट हुने गोवा भ्रमणबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री दाहालले बैठकमा चीनका राष्ट्रपति, श्रीलंकाका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम तय भएको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको बताएका थिए ।

Skip This