Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


एमालेको चियापानमा देउवादेखि उपेन्द्र यादवसम्म, को–को पुगे ? (भिडियो)


0
Shares

काठमाडौं, असोज २९ । नेकपा एमालेले शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ ।

विजयादशमी, तिहार, नेपाल सम्बत् ११३७, छठ, इद, उधौलीलगायतका नेपाली चाडपर्वको अवसरमा एमालेले काठमाडौंको शंखपार्कमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

चियापानमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी थिए ।

त्यसैगरी, एमालेसँग पछिल्लो समयमा सम्बन्ध बिग्रिएका मधेसी दलका नेता तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत मधेसी मोर्चाका नेतासमेत कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न मन्त्री एवं विशिष्ट व्यक्तित्व पनि चियापानमा सहभागी थिए ।

चियापान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मालगायत उद्योगी–व्यवसायीहरु पनि पुगेका थिए ।

चियापानमा विभिन्न मुलुकका राजदूत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।

तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले आफू विपक्षी दलको नेता हुँदा सुरु गरेको चियापान कार्यक्रमलाई एमालेले निरन्तरता दिँदै आएको छ ।

भिडियो हेर्नुहोस्

 

Skip This