Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


शिक्षित जनशक्ति पलायन चिन्तालाग्दो : दाहाल


0
Shares

काठमाडौं, चैत २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शिक्षित जनशक्ति विदेश पलायन डरलाग्दो देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बुधबार राजधानीमा राष्ट्रिय विकास परिषद्को बैठकमा उनले देशभित्र उत्पादनशील जनशक्ति नपाइनु, पढेकाहरु जागिर खानकै लागि विदेश जाने प्रवृति बढ्नुमा कतै न कतै शिक्षा नीतिमै परिवर्तन आवश्यक रहेको हो कि ? भन्दै प्रश्न गरे ।

रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार्नुपर्ने भन्दै उनले शिक्षामा गुणात्मक सुधारको आवश्यकता औंल्याए ।

विद्यालयदेखि विश्वविद्यालयसम्म व्यावसायिक तथा प्राविधिक, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षा दिइनुपर्ने सुझाव उनको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले कृषिमा आधारित उत्पादनका क्षेत्रहरुको स्थापना तथा निर्यात वृद्धि गर्ने उद्योग स्थापनामा जोड दिए ।

आगामी योजनामा धनी र गरिबबीचको खाडल हटाउने योजनालाई प्राथमिकता दिन योजनाविद्हरुलाई सुझाउँदै अध्यक्ष दाहालले सुशासनबिना प्रगति सम्भव नरहेको पनि औंल्याए ।

सरकार आर्थिक वृद्धिको दिशातिर : अर्थमन्त्री

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार आर्थिक वृद्धिको दिशातिर अघि बढेको बताए ।

दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न पुँजी र प्रविधिको विकासतर्फ सरकारको ध्यान रहेको मन्त्री खतिवडाको भनाइ थियो ।