
काठमाडौं, चैत २० । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष रेडियो नेपालमा आमूल परिवर्तन गरिने बताएका छन् ।
बुधबार रेडियो नेपालको ६९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले रेडियो नेपाललाई स्वतन्त्र र स्वायत्त सार्वजनिक प्रसारण संस्थाकारुपमा रुपान्तरण गर्ने तयारी भइरहेको बताए ।
मन्त्री बाँस्कोटाले मुलुकको आधिकारिक धारणा बोक्ने रेडियो नेपाललाई कार्यशैलीमा परिवर्तन गर्दै जनताले चाहेअनुसारको सन्देशमूलक कार्यक्रम प्रस्तुत् गर्न सुझाव दिए ।
रेडियो नेपालले यस वर्ष वरिष्ठ गायकद्वय भक्तराज आचार्य र जेबी टुहुरेलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
कार्यक्रममा रेडियो नेपालका पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्