फाइल फोटो
काठमाडौं, असोज ३० । व्यवस्थापिका–संसदको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनमा भाग लिन भारत गएकाले उनको सिफारिसमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई दैनिक कामकाज सम्हाल्ने गरी कार्यबहाक प्रधानमन्त्री तोकिएकोबारे जानकारी गराइएको छ ।
सोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाएकी थिइन् ।
संसदको अर्काे बैठक आगामी कात्तिक २ गते बिहान ११ बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्