२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै


0
Shares

काठमाडौं । न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

तीन दिने सम्मेलनमा देशभरका करिब चार सय न्यायाधीश सहभागि हुंदैछन् ।

सम्मेलन अवधिभर सर्वोच्च, उच्च र कुनै पनि जिल्ला अदालतमा मुद्दाको पेसी नतोकिने बताइएको छ ।

सम्मेलनमा नयाँ मुलुकी संहिता कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता र कार्यान्वयन, न्यायपालिकाको भावी रणनीतिलगायतका विषयमा छलफल हुनेछ ।

शनिबार काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन शनिवार सम्पन्न हुनेछ ।