Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


निर्वाचनसम्बन्धी विधेयक समितिमा


0
Shares

                                                             फाइल फोटो

काठमाडौं, असोज ३० । व्यवस्थापिका–संसदको आइतबारको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा कार्यबहाक प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।

स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् ।

ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसदको नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन दिएकी छन् ।

जनक विश्वविद्यालय विधेयक
शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत् गरेको ‘राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

त्यस्तै, वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले प्रस्तुत् गरेको ‘वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन (दोस्रो संशोधन) विधेयक, २०७३’ सर्वसम्मतिबाट पारित भएको छ । रासस

Skip This