Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


चट्याङ लागेर दुई जनाको मृत्यु


0
Shares

संखुवासभा, चैत २० । संखुवासभाको पाँचखपन नगरपालिका–९ सुनार गाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा असिना पानीसँगै परेको चट्याङ लागेर स्थानीय ४० वर्षीया सीता विक र ५० वर्षीया सुकुमाया लिम्बु गम्भीर घाईते भएका थिए ।

घाईते दुवैजनालाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएकोमा उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकी थप उपचारको लागि वाना स्वास्थ्य चौकी लगिएकोमा उपचारकै क्रममा साँझ ५ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।